८ कार्तिक २०८३, शनिबार

 

अखिल (क्रान्तिकारी) बागलुङको २५ औँ जिल्ला सम्मेलन भदौ १५ गते गलकोटमा हुँदै

बागलुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति बागलुङको विस्तारित बैठक आइतबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष तथा विद्यार्थीका ईन्चार्ज ज्ञामनाथ गैरे, गण्डकी प्रदेश सदस्य चन्द्रबहादुर थापा, अखिल (क्रान्तिकारी)का केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेश ईन्चार्ज नारायण बराल, केन्द्रीय उपमहासचिव विजय प्रसाद सापकोटा, गण्डकी प्रदेश अध्यक्ष सुविन पौडेल, गण्डकी प्रदेश उपाध्यक्ष जिवन शर्मा, गण्डकी प्रदेश प्रमुख सचिव रामकृष्ण भट्ट , अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला सचिव दिलकुमारी पुनले मन्तव्य व्यक्त गरेका थिए । बैठकले सबै पालिका, क्याम्पस र विद्यालयहरुको भदौ ५ गतेभित्र समितिहरु गठन गर्ने निर्णय गरेको छ ।

बैठकले भदौ १५ गते गलकोटको हटियामा २५ औँ जिल्ला सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

बैठक अखिल (क्रान्तिकारी) जिल्ला समिति बागलुङका संयोजक खिमानन्द कँडेल विकासको अध्यक्षता, केन्द्रीय सदस्य प्रविन सापकोटाको स्वागत र केन्द्रीय सदस्य प्रेम बढुा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung