बागलुङ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को विज्ञान संकायको परीक्षामा बागलुङ नगरपालिका ३ राधाकृष्ण टोलको विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरु सतप्रतिशत उत्तिर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले लिएको परीक्षा २०८० मा सहभागी ६० जनाले विद्यार्थी उत्कृष्ट नतिजा सहित उत्तिर्ण भएका हुन् ।
सहभागि मध्य ६ जनाले ३.६ देखि ४ भित्र, ४५ जनाले ३.२ देखि ३.६ सम्म, ७ जनाले २.८ देखि ३.२ सम्म र २ जनाले २.४ देखि २.८ जिपिए ल्याएर विद्यार्थी उत्तिर्ण भएको विद्यालयका विज्ञान समूहका ईन्चार्ज शिक्षक कृष्ण गौतमले बताउनु भयो ।
साथै विद्यालयका व्यवस्थापन,शिक्षा र मानविकी समूहबाट ७० प्रतिशत भन्दा बढी विद्यार्थीहरु उत्तिर्ण हुन सफल भएको विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीले नयाँ विश्वलाई जानकारी दिनु भयो भयो ।
विद्यालयले मेहनति शिक्षकहरु राखेर विगतदेखि नै परीक्षामा राम्रो नतिजा प्राप्त गर्ने गरेकोले अभिभाव तथा विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताउनु भयो ।
यस पटकको कक्षा १२ को विज्ञान संकायको परीक्षामा विद्यामन्दिर माध्यमिक विद्यालय र अमर आदर्श आवासिय माविका विद्यार्थीहरु सतप्रतिशत उत्तिर्ण भएका छन् ।























































































































































































































