८ कार्तिक २०८३, शनिबार

 

धवलागिरी वीरेन्द माविका ४५ जना विद्यार्थी उत्कृष्ट अङ्क ल्याएर कक्षा १२ को परीक्षा उत्तिर्ण

बागलुङ । बागलुङ राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा बागलुङ नगरपालिका-३ रात्माटाको धवलागिरी वीरेन्द्र माध्यमिक विद्यालयका ४५ जना विद्यार्थीहरु उत्कृष्ट अंक ल्याएर उत्तिर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले लिएको २०८० को परीक्षामा पशु विज्ञान र व्यवस्थापन संकाय तर्फ शतप्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएका हुन् ।

प्राविधिक धार तर्फको पशु विज्ञान तर्फ १२ जना, १७ जना व्यवस्थापन संकाय तर्फ र शिक्षा संकाय तर्फ १६ जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यपक भूमिराज गौतमले नयाँ विश्वलाई बताउनु भयो । पशुविज्ञान विषय २०७३ सालदेखि यस विद्यालयमा पढाउन सुरु गरिएको हो ।

मेहनति शिक्षकहरुबाट मनोवैज्ञानिक ढंगले अग्रेजी माध्यमबाट पढाई, गुणस्तरीय शिक्षा, राम्रो सिकाई उपलब्धी र सर्वोत्कृट शैक्षिक नतिजाका कारण यस विद्यालय प्रति अभिभावक र विद्यार्थीका आकर्षण बढे्को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन शर्माले जानकारी दिनु भयो ।

विसं २०२१ सालमा स्थापना भएको यस विद्यालयमा वालविकासदेखि कक्षा १२ सम्म ३ सय ५० जना विद्यार्थीहरु अध्ययरत छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung