बागलुङ । अनेरास्ववियू (क्रान्तिकारी) गण्डकी प्रदेशको दोस्रो सम्मेलनबाट त्रिदिप गुरुङ (पर्वत) अध्यक्षमा निर्वाचित भएका हुन् ।
गुरुङ एक सय ३७ मतसहित विजयी हुँदा प्रत्याशी रामकृष्ण भट्टले ७१ मत पाए ।
खुल्ला उपाध्यक्षहरुमा वसन्त भट्टचनले (कास्की)१५७, सरोज वल्लभ भट्टराईले (गोरखा) १६४ र अशोक मरहट्टाले (गोरखा) १४० मत ल्याएर निर्वाचित भएका हुन ।
समावेशी उपाध्यक्षमा कुलबहादुर बुढा (बागलुङ) र महिला उपाध्यक्षमा सिता बराल (तनहुँ) निर्विरोध चयन भएका छन् । साथै प्रमुख सचिवमा सुजन बास्तोलाले (कास्की) १३२ मत, खुल्ला सचिवहरुमा प्रदिप ढकालले (गोरखा) १८३ मत, विशद उपाध्यायले (नवलपुर) १४० मत र सन्दिप महतोले (नवलपुर) १४१ मत ल्याएर निर्वाचित भएका छन् ।
यसै गरी महिला सचिवमा जुना गुरुङ (लमजुङ), समावेशी सचिवमा दुर्गा विक (लमजुङ) र कोषाध्यक्षमा अनिल सुनार (बागलुङ) निर्वाचित भएका विद्यार्थी ईन्चार्ज तथा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले नयाँ विश्वलाई बताउनु भयो ।
अखिल क्रान्तिकारीको प्रदेश समिति ७५ सदस्सीय निर्माण भएको छ । सम्मेलनले ६५ सदस्य निर्वाचित गरेको र बाँकी १० जना मनोनित गरिने अध्यक्ष त्रिदिप गुरुङले जानकारी दिनु भयो ।
निर्वाचन समितिको संयोजकमा निर्मला सुवेदी र सदस्यहरुमा विपीन आचार्य र अमरदीप पराजुली हुनु हुन्थ्यो ।
सम्मेलनको उदघाटन पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्र गण्डकी ईन्चार्ज दिनानाथ शर्माले गर्नु भएको थियो ।
कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष पंचासिंह र उपाध्यक्षहरु इन्द्र भुषाल, पवन कार्की, नारायण खनाल र महासचिव दिपेश पुनको उपस्थिति रहेको थियो ।




















































































































































































































