८ कार्तिक २०८३, शनिबार

 

स्थापना दिवसमा लायन्स क्लबद्वारा विद्यार्थीको स्वास्थ्य परीक्षण

बागलुङ । लायन्स क्लब अफ बागलुङ पिस टाउनले स्थापना दिवसको उपलक्ष्यमा मंगलबार सुस्थ मनस्थिति कल्याण संस्था बागलुङद्वारा सञ्चालित बागलुङ विशेष बाल कक्ष प्राथमिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ ।

स्थापना दिवसको उपलक्ष्यमा बागलुङ नगरपालिका-४ उपल्लाचौरमा रहेको यस विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुको साथै खाजा सहयोग गरेको थियो ।

विद्यालयमा अध्ययरत ३१ जना विद्यार्थीको २३ नम्बर बाहिनी अड्डाकी सहसेनानी डा अनुपमा पोख्रेलले स्वास्थ्य परीक्षण गर्नुको साथै औषधी समेत वितरण गरेको थियो ।

२३ नम्बर बाहिनी अड्डाले विद्यालयलाई खाद्यान्न समेत सहयोग गरेको छ ।

कार्यक्रममा नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा बाहिनीपति सहायक रथी जगतबहादुर पौडेल, लायन्स क्लब अफ बागलुङ पिस टाउनकी संस्थापक अध्यक्ष सनिशा घर्ती, एक्टेशन चिफ नरेश कँडेल, रिजन चियर पर्सन गणेश लम्साल, प्रधानाध्यापक युक्त जंग राजभण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ पिस टाउनकी अध्यक्ष देवी कार्कीको अध्यक्षता, प्रथम उपाध्यक्ष एलिजा गौतमको स्वागत र सचिव शारदा कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung