बागलुङ । स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा बुधबार रण स्मृति पुरस्कार संस्थाले शिक्षासेवी पद्मादेवी जोशी केसी र शिव प्रशाद शाक्यलाई ‘रणस्मृति सम्मान’ द्वारा सम्मानित गरिएको छ ।
केसीले रुद्रेपिपल माविमा र शाक्यले बाल मन्दिरमा ३० वर्ष भन्दा बढि शिक्षण पेसामा रहि अवकास लिनुभएको थियो ।
यसै गरी कक्षा १० मा सर्वोकृष्ट अंक प्राप्त गर्ने रुद्रेपिपल माविका किस्मत सुवेदी र नन्दनी कुमारी शाह तथा बाल मन्दिर आधारभूत विद्यालय कक्षा ५ मा उत्कृष्ट अंक प्राप्त गर्ने सृष्टि बहिक थापालाई रण स्मृति पुरस्कार प्रदान गरिएको थियो ।
रुद्रेपिपलका सुवेदी र शाहलाई जनही ३,३ हजार सहित सम्मान पत्र वितरण गरिएको हो । बाल मन्दिरकी थापालाई २ हजार सहित सम्मान पत्र बितरण गरियो ।
यस वर्षको शक्ति पुरस्कार साहित्यीक क्षेत्रमा योगदान पुर्याउने ‘स्मृति प्रकाशन’, बागलुङलाई नगद १० हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
अध्यक्ष काजि रोशनको अध्यक्षता सचिव भोज बहादुर खड्काको संचालनमा भएको समारोहमा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, सम्मानित व्यक्तित्व शिव प्रसाद शाक्य, बालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक मिठु पौडेल, रुद्रेपिपल माविका शिक्षक अम्बिका गिरी लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।



















































































































































































































