७ कार्तिक २०८३, शुक्रबार

 

नाग्लिवाङ बहुउद्देश्यीय सहकारीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

बागलुङ । नाग्लिवाङ बहुउद्देश्यीय सहकारीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार पर्वतको जलजला गाउँपालिकाको खनियाघाटमा सम्पन्न साधारण सभाको उद्घाटन सहकारीका सल्लाहकार रूद्रबहादुर महतले गर्नुभएको थियो ।

कार्यक्रममा सहकारीका सचिव लक्ष्मी केसी जिसीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष‌ गोकुल कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सल्लाहकार रूद्र बहादुर महत, महेन्द्र रेग्मी, गगनबहादुर महत, तुलबहादुर खत्री र शेयर सदस्य हरेमबहादुर खत्रीले मन्तव्य व्यक्त गनुभएको थियो ।

कार्यक्रम नाग्लिवाङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष सूर्यबहादुर महतको अध्यक्षता, कोषाध्यक्ष गोकुल कँडेलले स्वागत र सचिव लक्ष्मी केसी जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

विसं २०६५ साल भाद्र १५ गते ४९ जना सेयर सदस्यहरले सञ्चालनमा ल्याएको सहकारीको हाल सेयर सदस्य संख्या तीन सय ३८ जना रहेका छन् ।

सहकारीको सेयर पुँजी १ करोड ९१ लाख १४ हजार दुई सय रहेको छ । यस सहकारीले चार जना युवालाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung