८ कार्तिक २०८३, शनिबार

 

वैदेशिक अध्ययनमा जाने विद्यार्थी लक्षित गरेर ग्रेस इन्टरनेशनले बागलुङमा शैक्षिक मेला गर्ने

बागलुङ । ग्रेस इन्टरनेसनल बागलुृङ एडुभर्स २०२४ नामक शैक्षिक मेला हुने भएको छ । यही मङ्सिर पाँच गते मेलाको आयोजना गर्न लागिएको ग्रेस बाग्लुङका निर्देशक ओमकार पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार मेलामा आउने विद्यार्थीहरुलाई कक्षामा विशेष छुटको व्यवस्था गरिएको छ । साथै मेलामा उपस्थित सबै जनालाई लक्की ड्रअ मार्फत विभिन्न उपहार प्रदान गरिने पनि उनले बताउनुभयो ।

 

ग्रेस इन्टरनेसनलले आयोजना गरेको सो मेला देशका विभिन्न शहरमा गर्न लागेको छ । मेलामा अस्ट्रेलिय, क्यानडा, न्युजिल्यान्द्ड, युके, अमेरिका, साउथ कोरिया, जापानलगायतका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीहरुसँग प्रत्यक्ष भेटघाट र परामर्श गर्ने पौडेलले जानकारी दिए ।

मेलामा विद्यार्थीहरुले १५ भन्दा बढी शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष वैदेशिक अध्ययन सम्बन्धी समग्र जानकारी लिन पाउने छन ।

स्पट एड्मिसन अधिकतम छात्रवृत्ती र अन्य विशेष अवसर प्राप्त गर्न सक्ने उनले बताउनुभयो । जसले गर्दा उनीहरुको वैदेशिक अध्ययन प्रकृयालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने पौडेलले बताउनुभयो ।

आफ्नो अध्ययन गन्तव्य छान्न विद्यार्थीलाई सहज हुनुका साथै गैइसकेपछिका चुनौती र अवसरका बारेमा पनि विद्यार्थीहरुलाई परामर्श उपलब्ध गराउने उध्देश्य ग्रेस इन्टरनेसनलले लिएको छ ।

बागलुङ जस्तो सानो शहरमा पनि बारम्बार यस्ता कार्यक्रम आयोजना गरी ग्रेस इन्तरनेसनलले विद्यार्थीका अप्फ्ठ्यारालाई सहज बनाउदै सही जानकारी मात्रै साटासाट गर्ने हुनाले यो अवसर नगुमाउन पनि पौडेलले सम्पूर्ण विद्यार्थी एवम अविभावकहरुमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung