बागलुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) निसीखोला गाउँपालिका बागलुङको दोस्रो पालिका सम्मेलन शनिबार सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले सम्मेलनको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले वर्तमान सरकारले सुरु गरेका जनविरोधी क्रियाकलापको भण्डाफोर गर्नु पर्ने बताउनुभयो ।
अखिल क्रान्तिकारीमा आवद्ध विद्यार्थी नेताहरुले विद्यार्थीको हकहित बारेमा र आम नेपालीले भोग्नु परेका समस्याको बारेमा आवाज उठाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती,अखिल (क्रान्तिकारी) बागलुङका अध्यक्ष खिमानन्द कँडेल, नेकपा माओवादी केन्द्र प्रदेश ख का सचिव नारायण सुनार, नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिका सचिव भिमबहादुर घर्ती, वाइसेल निसीखोला गाउँपालिकाका सचिव राना, अखिल (क्रान्तिकारी) को पूर्वकेन्द्रीय सदस्य तथा निसीखोलाका ईन्चार्ज योगेन्द्र घर्ती, अखिल (क्रान्तिकारी) पाल्पा जिल्ला समितिका उपाध्यक्ष मिलन घर्तीले मन्तव्य व्यक्त गरेका थिए ।
सम्मेलनले अनिल विकको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मिरन सापकोटा, सुजिता बुढाथोकी, सचिवमा मनिशा कुँवर, सहसचिव सपना भण्डारी, सहसचिव हुमबहादुर कुँवर र कोषाध्यक्ष सुजन कटटेल रहेका छन् ।
कार्यक्रम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (क्रान्तिकारी) निसीखोला गाउँपालिकाका अध्यक्ष ध्रुव घर्ती मगरको अध्यक्षता, सचिव मनिशा कुँवरको स्वागत र जिल्ला सहसचिव देवेन्द्र घर्ती क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।





















































































































































































































