बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा अक्षते सदस्य सेवा केन्द्र इकाई सभा सम्पन्न भएको छ ।
अक्षते सदस्य सेवा केन्द्रका सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक गणेशबहादुर भण्डारीको अध्यक्षतामा संस्थाका केन्द्रीय सल्लाहकार होमबहादुर हमाल प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष, प्रहरी प्रतिनिधि वालकृष्ण रानाभाट, केन्द्रीय समिति लेखा सुपरिवेक्षण समितिका संयोजक पदमपाणी शर्मा, अक्षते सदस्य सेवा केन्द्रका परामर्शदाताहरू सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका सम्पूर्ण पदाधिकारीहरूको आतिथ्यता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य मालिका सदस्य सेवा केन्द्रका सेवा केन्द्र प्रमुख एलिना रोकाले राख्नुभएको थियो। त्यस लगत्तै राष्ट्रिय गानको सम्मानसँगै केन्द्रीय प्रतिनिधि पदमपाणी शर्माद्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन भएको थियो।
त्यस लगत्तै सेवा केन्द्रको आर्थिक वर्ष ०८०र८१ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष ०८१र८२ को प्रस्तावित नीति तथा कार्यक्रमहरुको बारेमा सेवा केन्द्रका सचिव सम्झना थापा मगरले प्रस्तुत गर्नुभएको थियो ।अक्षते सदस्य सेवा केन्द्रको आर्थिक वर्ष ०८० र ८१ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष ०८१र८२ को प्रस्तावित आय व्ययको बारेमा सेवा केन्द्रका कोषाध्यक्ष दुर्गा खाती जिसीले प्रस्तुत गर्नुभएको थियो।
उक्त प्रस्तुत प्रतिवेदन माथि छलफल गर्दै सुझावहरू संकलन गरिएको थियो । प्रतिवेदन प्रस्तुति लगत्तै यस अक्षते सदस्य सेवा केन्द्रबाट संस्थामा रही असल कारोवार गरी उत्कृष्ट हुनुभएका चारजना शेयर सदस्यहरूलाई विभिन्न विधामा सम्मान कार्यक्रम भएको थियो।
जस अनुसार असल बाल बचतकर्तामा सहन थापा असल उद्यमी सदस्य नरबहादुर थापा, असल बचतकर्ता पूर्ण कुमारी खाती र असल सदस्य टिकाराम कँडेलहरूलाई सम्मानपत्र सँगै पाँच कित्ता सेयर थपको रसिद सहित सम्मान कार्यक्रम भएको थियो।
त्यस लगत्तै नियमित रुपमा ऋणको असल कारोवार गरेका शेयर सदस्यहरूलाई ग्रीन कार्ड प्रदान गरिएको थियो। जसमा कोपिला कुमारी थापा भूमि काउचा श्रीष रहनुभएको थियो।

त्यस लगत्तै सम्मान गर्दै जाने क्रममा ८० वर्ष पुरा भएका जेष्ठ नागरिक शेयर सदस्य २ जनालार्इ स्वस्थ्य उपचार खर्च स्वरुप रु ५००० का दरले हस्तान्तरण गरियको थियो।
जसमा हुनुहुन्छ इन्द्रबहादुर खाती, टिकाराम थापा रहनु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य शेयर सदस्यको तर्फबाट तोरणध्वज मल्लले राख्नु भयको थियो ।
मन्तव्य कै क्रममा काठेखोला गाउँपालिका १ का वडा अध्यक्ष खड्क बहादुर थापा, प्रमुख अतिथि होमबहादुर हमाल लेखा सुपरिवेक्षक समितिका संयोजक केन्द्रीय प्रतिनिधि पदमपानी शर्माले राख्नु भएको थियो ।यस लगत्तै बन्द सत्रको सुरुवात तथा साधारण सभाका प्रस्तावहरू निर्णयार्थ कार्यक्रम सञ्चालक सम्झना थापाले पेश गर्नुभएको थियो ।
उक्त १७ वटा प्रस्तावहरूको निर्णयहरूमाथि क्रमश छलफल गर्दै सर्वसम्मत रुपमा सम्पूर्ण निर्णयहरू पारित गरिएको थियो।
त्यस लगत्तै केन्द्रीय प्रतिनिधि पदमपानी शर्माले संस्थाको जगेडा कोष सबल रहेको विश्व आर्थिक मन्दी मौद्रिक तरलता तथा तरलता संकुचन कसको लागत लगायतका कारण नसकिएको कुराको जानकारी गराउँदै सहकारी सिद्धान्त धनी र गरिब बीचको दूरीलाई नजिक बनाउँदै एक आपसमा आत्मनिर्भर बनाउने माध्यम रहेको बताउनु भएको थियो ।
सहकारीको माध्यमबाट सहकार्य गर्दै उत्पादन बचत नागरिकको जीवनस्तर उठान गर्न महत्वपूर्ण भूमिका निर्वाह हुने बताउँदै सिवाईसी सहकारीले सेयर सदस्यहरूको मर्म र भावना अनुरुप रचनात्मक कार्य गर्दै आइरहेको छ र सहकारीलाई दिगो व्यवस्थित र मर्यादित बनाउन शेयर सदस्य सञ्चालक टिम सबै जिम्मेवार बन्नुपर्ने भन्दै मन्तव्य राख्नुभएको थियो।
त्यस लगत्तै यस सभाका अध्यक्ष तथा सेवा केन्द्रका संयोजक गणेशबहादुर भण्डारीले यस सहकारी नीति र प्रविधिमा रहेर कारोबार गरेको बताउँदै सबै शेयर सदस्यहरूलाई ढुक्क भए कारोबार गर्न अनुरोध गर्दै कार्यक्रमको समापन भएको जानकारी गराउनुभएको थियो।
अक्षते सदस्य सेवाकेन्द्रका सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक गणेशबहादुर भण्डारीको अध्यक्षतामा संस्थाका केन्द्रीय सल्लाहकार होमबहादुर हमाल प्रमुख आतिथ्यता रहेको थियो।







































































































































































































