८ कार्तिक २०८३, शनिबार

 

धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानद्वारा नयाँ विद्यार्थीको स्वागत

बागलुङ । बागलुङ नगरपालिका-४ स्थित धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम आयोजना गरको छ ।

नयाँ शैक्षिकशत्र २०८१ र ०८२ का सामान्य चिकित्सा, मेडिकल, ल्याब र टेक्नोलोजि तर्फका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम आयोजना गरिएको धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानका क्याम्पस प्रमुख गणेश जंग गोदारले बताउनुभयो ।

साथै प्रतिष्ठानले २०७८ र ०७९ मा भर्ना भएका सामान्य चिकित्सा र मेडिकल, ल्याब र टेक्नोलोजि तर्फ १४औँ व्याचका विद्यार्थीहरुलाई पनि विदाई गरिएको छ ।

कार्यक्रममा धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा सञ्चालक श्रीप्रसाद शर्मा र क्याम्पस प्रमुख गणेश जंग गोदारले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम स्टुडेन्ट टिचर ओयलफेयर कमिटिका अध्यक्ष आकृति हमालको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung