बागलुङ । म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्र कुमार श्रेष्ठ (दिपु) सर्वसम्मत चयन हुनु भएको छ ।
सोमबार बेनी बजारमा सम्पन्न क्याम्पसको ३४ औँ वार्षिकोत्सव तथा २३ औँ सभाबाट श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति निर्माण भएको हो ।
साथै समितिको उपाध्यक्षमा प्रेमबहादुर कार्की (दिपक बिखर्ची), सचिवमा क्याम्पस प्रमुख श्रीधर सुवेदी, कोषाध्यक्षमा सेरबहादुर केसी, सदस्यहरुमा दुर्गाराम सुवेदी, ठाकुरप्रसाद शर्मा, किरन सापकोटा, विक्रम बोगटी, विनोदप्रसाद शर्मा, मनोज पौडेल, घनश्याम खड्का र ज्ञानेन्द्र कुमार श्रेष्ठ चयन भएका छन्।
क्याम्पस प्रमुख सञ्चालक समितिको सदस्य सचिव रहने कानुनी व्यवस्था रहेको छ ।
एक हजार विद्यार्थी अध्ययनरत रहेको क्याम्पसमा पठनपाठन सहित उद्यमशिलता तालिम समेत सञ्चालन भइरहेको छ ।
समितिको संरक्षकमा हरि कुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष सोमनाथ ढुङ्गाना रहनु भएको छ ।
शिक्षा र व्यवहारीक सीपसँगसँगै दिएर श्रम बजारमा विक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नयाँ शैक्षिक कार्यक्रम ल्याउने तयारी भएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नयाँविश्वलाई बताउनुभयो ।




















































































































































































































