बागलुङ । व्यापार वचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा सोमबार बागलुङ बजारमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रिय सदस्य युवराज राजभण्डारीले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारी संस्थालाई नीति नियम अनुसार संचालन गर्नुपर्ने बताउनुभयो ।
सहकारीमा चुनौती र अवसर दुवै रहेको चर्चा गर्दै राजभण्डारीले नियम विपरित संचालन भएका सहकारीले सिंगो सहकारी आन्दोलनलाई नकरात्मक दिशामा लगेको बताउनुभयो ।
सो अवसरमा व्यापार वचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार मेघनाथ गैरे, कपडा तथा फेन्सी व्यावसायी समितिका अध्यक्ष दलबहादुर कार्की डिबी र नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले सहकारीलाई वैज्ञानिक र विधि पूर्वक सञ्चालन गर्न र व्यवस्थिति गराउन सञ्चालक, शेयर सदस्य र कर्मचारीको भूमिका महत्वपुर्ण हुने बताउनुभएको थियो ।
कार्यक्रमा सचिव गोकुल प्रसाद कँडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रविन्द्र कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक घनश्याम शर्माले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा जेष्ठ सेयर सदस्य मेघनाथ गैरे, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने छात्र विपिन कँडेल, छात्रा करुणा सुवेदी, उत्कृष्ट कारोवारी मंगल सुवेदी, मातृका प्रसाद आचार्य, देवी छन्त्याल, सरिता पौडेललाई सम्मान गरिएको थियो । त्यसैगरी असल ऋणि लालवावु कुमार शाह, नियमित चल्ती वचतकर्ता मनोज कुमार प्रसाद शाह र नियमित अवधि वचतकर्ता वासुदेव पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रम व्यापार वचत तथा ऋण सहकारीका अध्यक्ष ईन्द्रमणी पौडेलको अध्यक्षता, उपाध्यक्ष विमल श्रेष्ठको स्वागत र सचिव गोकुल प्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।
साथै कपडा तथा फेन्सी व्यावसायी समिति बागलुङको १५ औँ साधारण सभा सोमबार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रिय सदस्य युवराज राजभण्डारीले खस्कीदो व्यापार व्यवसायलाई माथि उठाउनका लागि सबै उद्योगी व्यावसायी एक हुनुपर्ने वताउनुभयो ।
उद्योग वाणिज्य सघंद्धारा हुने मेला महोत्सव लगायत विभिन्न कार्यमा फेन्सी व्यवसायीले महत्वपुर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै उहाँले खस्किदो बजार लाई व्यवस्थीत गर्नका लागि सबै सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।
सल्लाहकार नरवहादुर केसीले जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्राएर व्यवसायको प्रवद्धन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमा उत्कृष्ट फेन्सी व्यावसायी भारी वस्त्रालय वानपा ३ का हरेराम भारी, वागलुङ बस्त्रालयका ईन्द्रराज श्रेष्ठ, मनोविज्ञान स्टोर्सका मनोविज्ञान श्रेष्ठ, प्रचण्ड फेन्सी स्टोर्सका प्रचण्ड श्रेष्ठलाई सम्मान पत्र सहित दोशल्ला ओडाएर सम्मान गरिएको थियो ।
सो अवसरमा सचिव प्रेमलाल गौतमले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मातृका प्रसाद आचार्यले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम कपडा तथा फेन्सी व्यावसायी समितिका अध्यक्ष दल बहादुर कार्की डिबीको अध्यक्षता, उपाध्यक्ष गोकुल प्रसाद कँडेलको स्वागत र सचिव प्रेमलाल गौतमको संचालनमा सम्पन्न भएको थियो ।



































































































































































































