८ कार्तिक २०८३, शनिबार

 

धौलागिरि बहुमुखी क्याम्पसलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्छु : क्याम्पस प्रमुख डा. सुदर्शन सिलवाल

बागलुङ । धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह प्राध्यापक डा. सुदर्शन सिलवालको पदस्थापन भएको छ ।

त्रिभुवन विश्वविद्यालयद्वारा हालै क्याम्पस प्रमुखमा नियुक्त हुनु भएका सिलवालको आइतबार निर्वतमान क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिनबहादुर थापाले पदस्थापन गराउनु भएको हो ।

पदस्थापन कार्यक्रममा बोल्दै सिलवालले भन्नुभयो यस शैक्षिक संस्थालाई भौतिक र शैक्षिक हिसाबले अब्बल बनाउनुको साथै यसको दिगो व्यवस्थापनको लागि सबैसँग सहकार्य गर्नेछु । क्याम्पसलाई धौलागिरि क्षेत्रकै गन्तव्य स्थल बनाउन र अनुसन्धान केन्द्रको रुपमा विकास गर्न आफनो ध्यान केन्द्रीत गर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा निर्वतमान क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिनबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिनबहादुर थापाको अध्यक्षता र सहायक क्याम्पस प्रमुख उपप्रध्यापक हरि प्रसाद पाण्डे सञ्चालन गर्नु भएको थियो ।

बागलुङ नगरपालिका-३ मुलपानी जन्मिएका सिलवाल विसं २०५५ सालमा त्रिवि सेवामा प्रवेश गर्नु भएको थियो । विसं २०६१ सालमा उप प्राध्यापक भएका सिलवाले २०६८ सालमा विद्यावारिधी गर्नु भएको थियो । उहाँ २०७० असार २९ गतेदेखि सहप्राध्यापक हुनु हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung