बागलुङ । बागलुङ जैमिनी नगरपालिका–३ नेपाने दमेकमा रहेको भरतपुरी माध्यामिक विद्यालयको ७२ औं वाषिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका सभा सदस्य डिल्लीराम सुवेदिले पछिल्लो समय समाजमा चरम निराशा बढ्दो छ विद्यार्थीसँंग अथाह प्रतिभा छ त्यो प्रतिभा विद्याथीले बाहिर ल्याउन कोशिस गर्नुभयो भने शिक्षकहरुले तपाइहरुलाई सहयोग गरी हाल्नु हुन्छ यो अवस्थालाई रोक्नको लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।
त्यसकोलागि सरकार सक्रिए भएर लागेको बताउनुभयो ।उहाँले यो विद्यालय गण्डकी प्रदेशको विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सुवेदिलगायत अन्य अतिथिलाई दमेकमा उत्पादित स्थानीय भट्ट र भाङगो मायाको चिनो स्वरुप दिइएको थियो ।

स्थानीय उत्पादनको प्रबर्धन गर्ने उद्धेश्यले जैमिनीमा हुने विभिन्न कार्यक्रमका प्रमुख अतिथि र अतिथिलाई मायाको चिनो स्वरुप स्थानीय उत्पादित सामाग्री दिइने गरिन्छ ।
जैमिनी नगरपालिकावडा-१ का वडा अध्यक्षकृष्ण भुजेलले वडाले विद्यालय र अभिभावक जोड्ने गरी नीति तथा कार्यक्रम गराएको र त्यसले शैक्षिक सिकाई र गुणस्तरीय शिक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
गाजादह परोपकारी संस्थाका अध्यक्ष सुर्जबहादुर थापाले बुबाआमाको नाममा सुरुमा पच्चिस हजार रुपैया मोतिरत्न स्मृति कोषमाथप गरी ७५ हजार रुपैया पुगाइ एक लाखको मोतिरत्न स्मृतिकोष खडा गर्नुभएको छ
वडा न. १ का वडा अध्यक्ष विष्णु आचार्य, शिवालय आधारभुत विद्यालयका प्रधनाध्यापक प्रेम छन्त्याल,गाजा दह परोपकारी संस्थाका अध्यक्ष सुर्जबहादुर थापा (खुसिमान) र बाल क्लबका अध्यक्ष लिला थापाले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक हेमलाल पौडेलले विद्यालयको प्रगतिप्रतिवेदन प्रस्तुत गरेका थिए ।
७२औं वाषिकोत्सवको अवसरमा आयोजित बालमैत्री स्थानिय शासन प्रतिभा पहिचान अन्तर्गत वार्ड विद्यालय स्तरीय भलिबल,प्रतिायोगितामा भरतपुरी माध्यमिक प्रथम, शिवालय आधारभुुत कालापाटल द्धितिय,भरतपुरी माध्यमिक तृतिय र सम्झौता बाल क्लब सान्त्वना भएको छ ।
उत्कृष्ट खेलाडिको उपाधि भरतपुरी माध्यमिक विद्यालयका कक्षा दशमा अध्यनरत छात्र पुजन पुनले पाएका छन ।
त्यस्तै हाजिर जवाफ प्रतियोगितामा भरतपुरी माध्यमिक प्रथम र द्धितिय शिवालय आधारभुुत कालापाटल तृतीय र रस्साकस्सी प्रतियोगितामा भरतपुरी मावि प्रथम र तृतिय शिवालय आधारभुुत कालापाटल शिक्षिकाहरु दिलमाया पुन,लक्ष्मी पुन,विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष गिरबहादुर पुन,गाजादह परोपकारी संस्थाका अध्यक्ष सुर्ज बहादुर थापा (खुसिमान) र पत्रकार दिलिप प्रतेललाई सम्मान गरेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षता, शिक्षक देवी कुमारी केसीको स्वागत र सञ्चालन ज्ञानबहादुर छन्त्यालले गर्नु भएको थियो ।






















































































































































































































