गलकोट । प्याब्सन बागलुङको आयोजना र प्याब्सन गल्कोटको संयोजनमा एसईई हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
१६ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल प्रथम, युएस एकेडेमी दोस्रो, न्यू लाइफ बोर्डिङ स्कुल गलकोट तेस्रो , जनता सेकेण्डरी बोर्डिङ बुर्तिबाङ चौथो र सिद्धार्थ शिक्षा सदन बागलुङ पाँचौं भएका थिए ।
प्रतियोगितामा प्रथम हुने चिल्ड्रेन लाइफ बोर्डिङ स्कुललाई नगद दश हजार, मेडल र प्रमाणपत्र, युएस एकेडेमीलाई सात हजार, मेडल र प्रमाणपत्र, न्यू लाइफ बोर्डिङ स्कुल गलकोटलाई पाँच हजार, मेडल र प्रमाणपत्र, जनता सेकेण्डरी बोर्डिङ बुर्तिबाङलाई र सिद्धार्थ शिक्षा सदनलाई तीन हजार, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
स्मार्ट बोर्डको प्रयोग गरी डिजिटल माध्यमबाट प्रतियोगिता संचालन गरिएको थियो । कार्यक्रममा न्यू लाइफबोर्डिङ स्कुलका भाइस प्रिन्सिपल वीरबहादुर बोहरा क्षेत्रीले कार्यक्रमको बारेमा र न्यू लाइफ बोर्डिङ स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख सुदिप बाँस्तोलाले नियमको जानकारी गराउनुभएको थियो ।
गलकोट नगरपालिकाका नगर शिक्षा अधिकारी शिव खड्काको प्रमुख अतिथ्यतामा सम्पन प्रतियोगितामा प्याब्सनका केन्द्रिय सदस्य नवराज श्रेष्ठ, प्याब्सन बागलुङका वरिष्ठ उपाध्यक्ष कुमार गुरुङ, प्याब्सनका पूर्वअध्यक्ष तथा न्यू लाइफ बोर्डिङका प्रिन्सिपल रामप्रसाद शर्मा, प्याब्सन बागलुङका उपाध्यक्ष कृष्ण अधिकारी, कोषाध्यक्ष भुपाल चालिसेको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्याब्सन बागलुङका अध्यक्ष दल थापाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कुमार गुरु«को स्वागत र प्याब्सन बागलुङका सचिव श्याम प्रसाद शर्माको सञ्चालनमा सम्मन्न भएको थियो ।

























































































































































































































