बागलुङ । राणाकाल विसं २००३ सालमा स्थापना भएको विद्यामन्दिर पुस्तकालय बागलुङको ७६औँ साधारण सभा र ३७औँ अधिवेशन शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक, पुस्तकालय प्रमुख संरक्षक परशुराम श्रेष्ठ, सम्मानित व्यक्तिव्य पूर्वअध्यक्ष गंगा कसजु, पूर्वअध्यक्ष महेशचन्द्र प्रधान, बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य, नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सृजना पन्तले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हरिमोहन स्मृति सम्मान विद्यामन्दिर पुस्तकालय बागलुङका पूर्वअध्यक्ष तथा शिक्षासेवी गंगा कसजुलाई प्रदान गर्नु भएको थियो ।
कसजुलाई गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक, हरिमोहन स्मृति कोषका संस्थापक संरक्षक महेशचन्द्र प्रधान, कोषका संरक्षक कल्याणी प्रधान श्रेष्ठ र पुस्तकालयका अध्यक्ष राम थापा अविरलले नगद १५ हजार, दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो ।
साथै बुबा गंगादत्त उपाध्याय आमा नन्द कली उपाध्यायको स्मृतिमा छोरा रामचन्द्र शर्मा र बुहारी सिता शर्माले स्थापना गर्नु भएको नन्दगंगा स्मृति कोषबाट एसईईमा बागलुङ नगरपालिकाभित्र उत्कृष्ठ नतिजा ल्याएका रुद्रपिपल माविका विद्यार्थी किस्मत सुुवेदी र चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी अपेक्षा श्रेष्ठलाई गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक, नन्दगंगा स्मृति कोषका संस्थापक रामचन्द्र शर्मा, कोषका संरक्षक सिता शर्माले नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
यस पटक उत्कृष्ठ पाठक सम्मान विद्यामन्दिर माविका पूर्वप्रधानाध्यापक लक्ष्मण वझालाई प्रदान गरिएको छ । पुस्तकालयका संरक्षक प्रेम छोटाले नगद सहित वझालाई सम्मान गर्नु भएको हो ।
कार्यक्रममा समाजसेवी डा कृष्णबहादुर श्रेष्ठले वाल पुस्तकालय सञ्चालनार्थ २५ हजार पाँच सय ५५ रुपैयाँको कोषको घोषणा गर्नु भएको थियो भने पूर्वअध्यक्ष गंगा कसजुले बाल पुस्तकालयको लागि दुई लाख दुई हजार दुई सय बाइस रुपैयाँको विनय गंगा कसजु कोष बनाउने गरी अध्यक्ष थापालाई चेक हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा बाल पुस्तकालय सञ्चालनको लागि सहयोग गर्नु भएका समाजसेवी लालचन्द्र राजभण्डारी, श्याम श्रेष्ठ, इश्वर मलेपती, अर्जुन चोखाल, काठेखोला गाउँपालिका(१ पालाका वडा अध्यक्ष खड्क थापा, गगनबहादुर पुन मगर, शिव शकर साह, कविराज सुनार, कालिका भगवती गुठीलगाएत सबै चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।
बाट शर्मा ३६औँ अध्यक्षमा चयन हुनुभएको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक इश्वर प्रसाद मलेपतीले शर्मा अध्यक्ष भएको घोषणा गर्नु भएको थियो ।
विद्यामन्दिर पुस्तकालय अध्यक्षमा रामचन्द्र शर्मा सर्वसम्मत चयन हुनुभएको छ । विद्यामन्दिर पुस्तकालयका प्रमुख संरक्षक परशुराम श्रेष्ठले अध्यक्ष शर्मालाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शर्माले पुस्तकालयको हित र विकासमा आफू सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
पुस्तकालयका संस्थापक, पूर्वअध्यक्ष र शिक्षासेवीहरुले कायम गरेको ऐतिहासिक विरासतलाई कायम गर्दै बाँकी कार्यभार पुरा गर्न र पुस्तकालयको आवश्यकता र महत्व वोध गराउन जिम्मेवार भएर लाग्ने उहाँले बताउनुभयो।
विद्यामन्दिर पुस्तकालयका प्रमुख संरक्षक परशुराम श्रेष्ठले अध्यक्ष शर्मालाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
कार्यक्रम विद्यामन्दिर पुस्तकालय बागलुङका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजन प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

























































































































































































































