बागलुङ । विद्यामन्दिर पुस्तकालयमा स्थापित नन्दगंगा स्मृति कोषबाट एसईईमा बागलुङ नगरपालिकाभित्र उत्कृष्ठ नतिजा ल्याएका चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी अपेक्षा श्रेष्ठ र रुद्रेपिपल माविका विद्यार्थी किस्मत सुवेदीलाई पुरस्कृत गरिएको छ ।
श्रेष्ठ २०८० को एसईई परीक्षामा जिल्लामै प्रथम भई पुरस्कृत भएकी थिइन् ।
शनिबार सम्पन्न ७६औँ साधारण सभा र ३७औँ अधिवेशनको उपलक्षमा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक, नन्दगंगा स्मृति कोषका संस्थापक रामचन्द्र शर्मा र कोषका संरक्षक सिता शर्माले नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको हो ।
एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई हौसला प्रदान गर्ने उद्देश्यले बुबा गंगादत्त उपाध्याय आमा नन्द कली उपाध्यायको स्मृतिमा छोरा रामचन्द्र शर्मा र बुहारी सिता शर्माले कोष स्थापना गर्नु भएको हो ।




















































































































































































































