१५ बैशाख २०८२, सोमबार

 

बागलुङ नगरपालिकाका ५८ किसानलाई मौरी सहितका घार

बागलुङ नगरपालिकाका ५८ किसानलाई मौरी सहितका घार

बागलुङ । आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले नगरपालिका भित्रका ५८ किसानलाई अनुदानमा मौरी सहितका घार वितरण गरेको छ । नगरपालिकाले इच्छुक मौरीपालक किसानलाई मौरी सहितको घार खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

नगरपालिकाको आधा र किसानको आधा लगानीमा रु सात हजार ७००मा प्रति मौरी सहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । मौरीपालनमा रुची राख्ने किसानको आवेदनका आधारमा मौरी सहितको घार बलेवा मौरीपालन उद्योगबाट खरिद गरेर वितरण गरिएको हो ।

“मौरीपालनको उपयोगिता बढाउन खाली घारलाई निरुत्साहित गरेर मौरी सहितको घार वितरण थालिएको हो, मौरीपालन मार्फत आय आर्जन बढाउनका लागि नगरपालिकाले अनुदान दिएको हो” खड्काले भन्नुभयो “खाली घारमा लगेर घरमा थन्काउने परिपाटीको अन्त्यका लागि मौरी सहितको घार वितरण गर्दा किसानको चासो बढ्ने र मौरीको हेरचाहमा ध्यान दिने भएकाले मौरी सहितको घार वितरण गरिएको हो, मौरीपालनले किसानको आय–आर्जनमा सघाउनेछ, एउटै मौरीको घारबाट आगमी दिनमा किसानले सयौ मौरीका घार बनाउन सक्नेछन् ।”

नगरपालिका र ५८ किसानको रु। चार लाख ४६ हजार लागतमा मौरी सहितका घार वितरण गरिएको नगरपालिकाका आर्थिक विकास शाखा संयोजक नारायण शर्मा पौडेलले जनकारी दिनुभयो ।

नगरपालिकाले विगतका वर्षमा समेत कृषिमा आधुनिकरणका लागि अनुदानमा थ्रेसर मेशिन, मिनि टेलर हलो र मौरीका घार वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung