७ कार्तिक २०८३, शुक्रबार

 

सर्वोदय क्याम्पसमा अखिल छैठौँ निर्विरोध

बागलुङ । बागलुङको बरेङ बजारस्थित सर्वोदय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा अखिल (छैठौँ) निर्विरोध निर्वाचित भएको छ ।

मंगलवार बिहान सम्पन्न निर्वाचनमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ)को प्यानल निर्विरोध निर्वाचित भएको सर्वोदय क्याम्पस स्ववियु निर्वाचन संयोजक ओम पुनले जानकारी दिनुभयो ।

स्ववियु अध्यक्षमा मोहराज पौडेल, उपाध्यक्षमा कला शर्मा, सचिवमा गोमा शर्मा, सहसचिवमा भमबहादुर छन्त्याल, कोषाध्यक्षमा हेमन्त कुमार ढकाल निर्वाचित भएका हुन ।

सदस्यहरुमा प्रमिला थापा, सिजन थापा, लोकनाथ ढकाल, रेखा थापा, आयुसा बस्याल, कमला शर्मा निर्वाचित निर्वाचित भएका हुन् ।

निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन संयोजक ओमबहादुर पुनले सपथ ग्रहण तथा प्रमाण पत्र प्रदान गर्नु भएको हो।

इपरिन्युजबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung