
बागलुङ । उद्योगी व्यवसायीहरुको छाता संस्था बागलुङ उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको पदस्थापन भएको छ ।
मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भुमिश्वर गौतमले नवनिर्वाचित अध्यक्ष राजन कुमार शाक्य र अन्य सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
पदस्थापन कार्यक्रमपछि बोल्दै अध्यक्ष शाक्यले उद्योगी व्यवसायीको हक हितमा क्रियाशिल भएर काम गर्ने बताउनुभयो ।
निर्वाचित अध्यक्ष सहित १३ खुल्ला सदस्य, दुई उद्योग सदस्य र तीन महिला सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता गौतमले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । आजैदेखि नवनिर्वाचित अध्यक्ष र सदस्यहरुको कार्य सुरु भएको छ ।
यस्तै खुल्ला सदस्यमा दिपक हमाल, सुदिप सागर कँडेल, बद्री ढुङ्गाना, श्रीजय श्रेष्ठ, उमेश केसी र राजु गौतम, ऋषिराम गौतम, अर्जुनप्रसाद कँडेल, अकिलबहादुर क्षेत्री, नविन कुमार श्रेष्ठ, इन्द्रमणी पौडेल, चन्द्रराज रेग्मी, मनिष राजभण्डारी, विजयी भएका थिए ।
यस्तै उद्योग सदस्यहरुमा राम प्रसाद शर्मा, चुडामणी सापकोटा र महिला सदस्यहरुमा कमला पराजुली, सविता आचार्य र सृजना राजभण्डारी श्रेष्ठ विजयी भएका थिए ।