१५ बैशाख २०८२, सोमबार

 

दुर्गा प्रसाईं भारतमा पक्राउ, विमानबाट काठमाडौं ल्याइदैँ

बागलुङ । भारतमा पक्राउ परेका दुर्गा प्रसाईंलाई विमानबाट काठमाडौँ ल्याइने भएको छ।तीनकुने घटनाका मुख्य कमान्डर प्रसाईं काँकडभिट्टा नाकाको मेची पुलमा ल्याइन लागेको हो ।

प्रसाईंलाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भन्दै उनका शुभ चिन्तक पूर्वी नाकामा भेला भएका छन् ।चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए ।

प्रसाईं बिहीबार भारतको आसाम राज्यमा पक्राउ परेका थिए ।तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको थियो भने पत्रकार सुरेश रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएपछि उहाँको त्यही जलेर मृत्यु भएको थियो ।रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung