
बागलुङ ।राष्ट्रवादी समूह बागलुङको आयोजनामा पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा देशवासीको नाममा दिनु भएको सन्देशलाई बागलुङमा स्वागत गरिएको छ ।
राष्ट्रवादी समूह बागलुङले बागलुङ बजारको लोकतान्त्रिक चोकमा दिप प्रज्ज्वल गरी पूर्वराजा ज्ञानेन्द्र शाहको नव वर्षको सकरात्मक सन्देशलाई स्वागत गरेको हो ।
उक्त कार्यक्रममा विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङका जिल्ला सचिव अधिवक्ता विष्णु सापकोटा, बुद्धिजिवी कृष्ण राज शर्माले नेपालमा संवैधानिक राजतन्त्र, हिन्दु धर्म र स्वतन्त्र समाज भएको लोकतन्त्रको स्थापना गर्नको लागि जनआन्दोलन अगाडि बढाउनु पर्ने बताउनुभयो ।
गत चैत १५ गते भएको घटनामा मृत्यु भएका सविन महर्जन र पत्रकार सुरेश रजनको आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दै उहाँलाई शहिद घोषणा र पीडित परिवारलाई राज्यले उचित क्षतिपूर्ती दिनु पर्ने र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत पक्राउ परेका नेताहरुको अविलम्ब रिहाइको राप्रपा बागलुङका अध्यक्ष सुरेन्द्र खड्काले माग गर्नु भयो ।
कार्यक्रमको सञ्चालन राष्ट्रवादी समूह बागलुङका संयोजक दिपेन्द्र घिमिरेले गर्नु भएको थियो ।