२९ बैशाख २०८२, सोमबार

 

बागलुङ सेवा समाज कतारले एक करोडको अक्षय कोष स्थापना गर्ने

बागलुङ । रोजगारीका लागि कतारमा रहेका बागलुङेहरुको संस्था गलुङ समाज दोहा कतारले एक करोड रुपैयाँको ‘कतार बहुद्देश्यीय अक्षयकोष’ स्थापना गरिएको छ । कोषमार्फत दैवी प्रकोप उद्धार, सीपमूलक तालिम, पर्यटन प्रवद्र्धन, प्रवासीको तथ्यांक संकलन, सम्मान र पुरस्कार प्रदान तथा सामाजिक काम गर्ने लक्ष्य रहेको छ ।

आउँदो शुक्रबार अर्थात अप्रिल १८ मा औपचारिक रुपमा कोषको घोषणा कार्यक्रम गर्ने समाजले मिति तय गरे पनि हालसम्म झण्डै ५० लाख रुपैयाँ संकलन भै सकेको बागलुङ समाज दोहा कतारका संरक्षक होमनाथ शर्माले जानकारी दिनुभयो ।

कोषमार्फत वैदेशिक रोजगारमा गएर फर्केका युवाले गाउँमा उद्यम सञ्चालन गर्न खोजेमा सहयोग गर्ने योजना रहेको बताईएको छ । सन् २००५ मा स्थापना भएको समाजले कोषको आवश्यकता देखेपछि गत महिनादेखि यो अभियान शुरु गरेको हो ।

कोषमा कतारमा काम गरिरहेका नेपाली स्थानीय श्रमिकले योगदान गर्नेछन् ।जिल्लामा आइपर्ने दैवीप्रकोपका घटनामा तत्काल उद्धार र राहत दिन सकियोस् भनेर कोष स्थापना गरेका हौं कोषका सदस्य भरत पौडेलले भने, ‘जिल्ला प्रशासनमा दर्तासहित प्रशासनकै अनुमतिमा सहयोगसमेत प्रदान गरिनेछ ।’

विदेशमा काम गर्दा अप्ठ्यारोमा परेका युवालाई उद्धार गरेर ल्याउने काममा समाजले पहल गरेको छ ।’ बागलुङदेखि कतारमा गएर काम गरेका श्रमिकको तथ्यांक संकलन गर्ने योजना पनि समितिले बताएको पौडेलले बताउनुभयो।

समाजले औपचारिक घोषणाको अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कतारमा निमन्त्रणा गरेको छ । सोही कार्यक्रम मार्फत अक्षयकोषको घोषणा गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung