२९ बैशाख २०८२, सोमबार

 

गलकोट पुगेर देव गुरुङले गर्नु भयो कार्यकर्तासँग भेटघाट

बागलुङ। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गलकोट हटियामा पार्टी कार्यकर्तासँग भेटघाट गर्नु भएको छ ।

कार्यक्रममा महासचिव गुरुङले प्रतिगामी शक्तिहरु सक्रिय भएको बेला अहिले गणतन्त्र र लोकतन्त्र जोगाउन गणतन्त्रवादी पक्षधरहरू एक हुनु पर्ने बताउनुभयो ।

गुरुङले वर्तमान सरकारमा रहेको पार्टीहरू बिच नै असन्तुष्टि बढ्ेको बेला गणतन्त्र र राष्ट्रियताको रक्षा, समृद्धि र भष्ट्राचार विरुद्धका एजेण्डा लिएर जनता कहाँ जानु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटी अध्यक्ष गंगाबहादुर भुजेलले नगरमा पार्टीको वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटी अध्यक्ष गंगाबहादुर भुजेलको अध्यक्षता र सचिव खिम साहनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung