२० भाद्र २०८३, शनिबार

 

प्रभु महालक्ष्मी लाइफको साधारणसभा आह्वान, ८ प्रतिशत बोनस सेयर प्रस्ताव गर्ने

बागलुङ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आठौं वार्षिक साधारणसभा जेठ २६ मा बोलाएको छ।

साधारणसभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेस गरिने कम्पनीको सूचनामा उल्लेख छ।

कम्पनीले यसअघि सातौं वार्षिक साधारण सभाबाट निर्णय भएको ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव भने रद्द गर्ने जनाएको छ।

प्रस्तावित बोनस सेयरबाटै  बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम हुने भएका कारण हकप्रद प्रस्ताव रद्द गर्न लागिएको कम्पनीले बताएको छ।

बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा रहेका छन्।

कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ १६ मा बुक क्लोज गर्नेछ।

क्यापिटल नेपालबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung