बागलुङ । राष्ट्रिय सहकारी बैंकको नाम उच्च अदालत पोखरा ईजलाशले देव कुमार नेपालीको सम्पती तत्काल लिलाम नगर्न अन्तरिम आदेश दिएको छ ।
ईमेज बचत तथ ऋण सहकारी संस्थाको रक अपचलन गरेको मुद्दामा कारागारमा रहेको नेपालीको नाममा भएको सम्पती धमाधम लिलाम हुनथालेपछि ईमेज पीडित संघर्ष समितको दवावमा नेपालीको पक्षबाट अदालतमा रिट मुद्दा दर्ता गरेका थिए ।
सहकारी बैंकको नाममा १५ दिन भित्र छलफल गर्न अदालतमा कानुन व्यवसायी सहित आउन आदेश गर्दै छलफल सम्मका लागि देवकुमारको नाममा भएको सम्पती लिलाम नगर्न आदेश दिएको छ ।
न्याधीश नातीबाबु लामिछानेको एकल ईजालशले उकत आदेश गरेको थियो । रिट निवेदको तर्फका वकिल राम शर्मा, केशव पराजुली र हरी प्रसाद शर्माले बहस गर्नु भएको थियो ।
देव कुमार नेपालीको जग्गा लिला हुँदा सहकारी पीडितलाई तनै पीडा थपिएको संघर्ष समितिका अध्यक्ष डिल बहादुर कार्कीले जानकारी दिनुभयो । उहाले सिन्किको भाउमा जग्गा लिलाम गर्नथालेपछि बैकमा २५ गते चाबी लगाईएको थियो













































































































































































































