३१ जेष्ठ २०८२, शनिबार

 

ढोरपाटन नगरपालिकाको अस्तुमा जिप दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको छन् । बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप शुक्रबार साँझ ५ः४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु र घाइते हुनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । अहिले प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा उद्धार कार्य भइरहेको उहाँको भनाइ छ । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung