बागलुङ । जलजला गाउँपालिकाले आमा समूहसँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत आमा समूहका सदस्यहरुलाई ड्रेस वितरण गरिएको छ। शनिबार जलजला गाउँपालिका–८, पल्लो नाङलिवाङ स्थित शालिग्राम आमा समूहकी ५६ जना सदस्यहरुलाई ८५ हजार रुपैया बराबरको ड्रेस वितरण गरिएको जलजला गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
ग्रामीण क्षेत्रको महिलाको नेतृत्व विकास र सशक्तिकरणको लागि यो अभियान सुरु गरिएको उपाध्यक्ष आचार्यले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसी, जलजला गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जलजला गाउँपालिकाका योजना शाखा प्रमुख गोविन्द जिसी, जलजला गाउँपालिका शिक्षा समितिका सदस्य समाजसेवी लोकराज आचार्य र शालिग्राम आमा समूहकी अध्यक्ष सुमिना रेग्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रम जलजला गाउँपालिका–८ का वडा सदस्य सम्झना रेग्मीको अध्यक्षता, शालिग्राम आमा समूहकी सदस्य दुर्गा गौतम रेग्मीको स्वागत र वडा सचिव निर्मल रेग्मीको सञ्चालन सम्पन्न भएको थियो ।
















































































































































































































