बागलुङ । गुहेली संचार सहकारी संस्थाबाट प्रकाशित जननिगरानी साप्ताहिक नवौंँ वर्षमा प्रवेश वर्षमा प्रवेश गरेको छ । ग्रामीण क्षेत्रका सर्वसाधारण जनतालाई सूचना र विचारको पहुँच पुर्याउन र पाठकलाई सहि संचार सामग्री पस्केर बलियो बनाउन क्रियाशिल हुनु पर्ने बताउनुभयो ।
आइतबार बागलुङबाट प्रकाशित भैरहेको ‘जननिगरानी’ साप्ताहिक पत्रिकाको ८औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका निर्वतमान अध्यक्ष अमर थापाले बताउनु भएको हो ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका निर्वतमान अध्यक्ष अमर थापा, काठेखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की, काठेखोला गाउँपालिका १ का अध्यक्ष खड्ग थापा, वडा नं. २ का अध्यक्ष विद्यापति शर्मा, कार्यपालिका सदस्य टिकासंगम विक, बागलुङ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दिपक गौतम र नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले शुभकामना मन्तव्य दिएका थिए ।
गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्कीले पाठक, विज्ञापनदाता, पत्रकार, कर्मचारी र शुभेच्छुकलाई धन्यवाद दिनु भएको थियो ।
कार्यक्रम गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, प्रबन्धक प्रसाद थापाको स्वागत र कोषाध्यक्ष टिकाराम शर्माको संचालनमा सम्पन्न भएको थियो ।




तस्वीर: अर्जुन कार्की













































































































































































































