बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको सम्पत्ति तत्काल लिलाम नगर्न उच्च अदालत पोखरा बागलुङ ईजलाशले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।नेपाली पक्षधरको रिटमा राष्ट्रिय सहकारी बैंकले लिलाम गर्न लागेको जग्गा तत्काल रोक्न जेठ २८ गते आदेश दिएको थियो । उक्त आदेशपछि लिलाम रोक्का भएको थियो ।
उच्च अदालत पोखरा बागलुङ ईजलाशले उक्ता मुद्दामा बैक र सहकारी पीडितको रोहबरमा सोमबार गरेको बहसमा अन्तरिम आदेश दिन नपर्ने राय पेश गरेको छ ।देवकुमार नेपालीको सम्पत्तितत्काल लिलाम नगर्न अन्तरिम आदेश दिएको अदालतले आज बैंक र नेपाली पक्षधरको रोहबरमा भएको बहसमा आदेश दिन नपर्ने जनाएको छ ।
इमेज बचत तथ ऋण सहकारी संस्थाको रकम अपचलन गरेको मुद्दामा कारागारमा रहेको नेपालीको नाममा भएको सम्पती धमाधम लिलाम हुनथालेपछि इमेज पीडित संघर्ष समितको दवावमा नेपालीको पक्षबाट अदालतमा रिट मुद्दा दर्ता गरेका थिए ।
सहकारी बैंकको नाममा १५ दिन भित्र छलफल गर्न अदालतमा कानुन व्यवसायी सहित आउन आदेश गर्दै छलफल सम्मका लागि देवकुमारको नाममा भएको सम्पती लिलाम नगर्न आदेश दिएको थियो । आज भएको बहसमा न्यायाधीश नातीबाबु लामिछाने र यज्ञबहादुर थापाको ईजालशले अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको रजिष्ट्रार रामबहादुर थापाले बताउनुभयो । उक्त मुद्वामा पुन छलफल तथा बहस भने हुन सक्नेछ।
देवकुमार नेपालीको जग्गा लिलाम तत्काललाई रोकिएको बताउदै इमेज सहकारी बचत संघर्ष समितिका संयोजक डिल बहादुर कार्कीले आगामी दिनमा लिलाम गर्दा विधिसम्मत प्रकृया पुर्याउन अदालतले बैंकलाई सुझाव दिएको बताउनुभयो ।
बैकले सिन्किको भाउमा जग्गा लिलाम गर्नथालेपछि सहकारी बैकमा २५ गते सहकारि पीडितले चापी समेत लगाएका थिए ।













































































































































































































