५ कार्तिक २०८३, बुधबार

 

फलेवास नगरपालिकाको बजेट ७० करोड २१ लाख, प्राथमिकतामा कृषि र पूर्वाधार

बागलुङ । पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ७० करोड २१ लाख ७० हजारको बजेट ल्याएको छ ।आगामी आर्थिक वर्ष २०८२-०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको हो ।

सोमबार नगरपालिका केन्द्र खानी गाउँमा नगर सभाको १७औँ नगर अधिवेशनमा नगरपालिका उपमेयर शोभा कुमारी क्षेत्रीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको लागि रु ७० करोड २१ लाख, ७० हजारको बजेट छलफल सहित पारित भएको छ ।

यसैगरी नगरपालिका मेयर गंगाधर तिवारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफल सहित पारित भएको  नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्यले बताउनुभयो ।

उपमेयर क्षेत्रीले प्रस्तुत गर्नुभएको कुल विनियोजित मध्ये चालुतर्फ रु ५३ करोड ९६ लाख २० हजार र पुँजीगत तर्फ १६ करोड २५ लाख ५० हजार रुपैयाँ रहेको छ ।

फलेवास नगरपालिकाको आन्तरिक श्रोत तर्फ रु १ करोड १६ लाख ८९ हजार ६ सय ५०, स्थानीय राजस्व बाँडफाँडबाट रु ३३ लाख १० हजार ३ सय ५०, संघिय सरकारको वित्तिय समानीकरण अनुदानबाट रु ९ करोड ६३ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट रु ८ करोड २ लाख ८६ हजार ९ सय ९७, प्रदेश सरकार तर्फको वित्तिय समानीकरण अनुदान रु १ करोड २५ लाख ६ हजार, प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँडबाट रु ९९ लाख ३१ हजार, संघिय सरकारको ससर्त अनुदान ३६ करोड ७४ लाख, संघिय सरकारबाट प्राप्त पुँजीगत अनुदान रु ५ करोड ५५ लाख,संघिय सरकारबाट प्राप्त समपुरक अनुदान रु ८१ करोड, संघिय सरकारबाट प्राप्त विशेष अनुदान रु ७२ लाख, प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान रु ६० लाख, प्रदेश सरकारबाट प्राप्त विशेष अनुदान रु ४० लाख, प्रदेश शर्शृत चालु ३ करोड ९७ लाख ४६ हजार ३ रुपैयाँ आय प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung