बागलुङ । माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ को शुक्रबार प्रकाशित नतिजामा आदर्श विद्यामन्दिर माध्यामिक विद्यालय बागलुङका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरणमा अध्यापन भइरहेको विद्यालयबाट परिक्षमा सहभागीहरुले एसईईको नतिजा जिल्लामै उतकृष्ट ल्याउन सफल भएको आदर्श विद्यामन्दिर माध्यामिक विद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीले नयाँविश्वलाई जानकारी दिनु भयो ।
परीक्षामा ३३ जना विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षा दिएका मध्ये ३३ जनामध्ये तीन जना जिल्ला प्रथम, १६ जना ३.६ जिपिए भन्दा माथी, १३ जना ३.२ जिपिए भन्दा माथी र चार जना २.८ जिपिए भन्दा माथी ल्याउन सफल भएको केसीले बताउनुभयो ।
यस विद्यालयमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।



















































































































































































































