बागलुङ। ग्लोबल आइएमई बैंकले १० वटा एटिएम मेसिन बिक्री गर्ने भएको छ। बैंकले पुराना भएका एटिएम मेसिन बिक्री गर्न लागेको हो।
यसका लागि बैंकले ७ दिने बोलपत्र आह्वान गरिसकेको छ। बैंकको काठमाडौं कमलादीस्थित कार्यालय परिसरमा रहेको ७ थान, अनामनगारस्थित गोदाममा २ थान र अनामनगर कार्यालयकै एक थान गरी १० थान एटिएम बैंकले बिक्री गर्ने जनाएको छ।
यी मेसिन बैंकले जहाँ जस्तो अवस्थामा छ त्यही अवस्थामै बिक्री गर्ने उल्लेख गरेको छ।
इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संघ संस्थाहरुले असार २१ गतेसम्म शिदबन्दी बोलपत्र बैंकको कर्पोरेट कार्यालय कमलादीमा पेश गर्न बैंकले आग्रह गरेको छ।







































































































































































































