४ श्रावण २०८३, सोमबार

 

बागलुङ नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

बागलुङ । आर्थिक वर्ष २०८१/०८२को तेश्रो चौमासिकको पालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम बागलुङ नगरपालिका–२ स्थित बालमन्दिर सभाहलमा सम्पन्न भएको थियो ।

बागलुङ नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले असारे विकास गरेको, बालमैत्री दिगोपनामा ध्यान नदिएको, दिगो विकास नभएको, खानेपानीको समस्या, शिक्षामा दोहोरो शुल्क उठेको लगायतका प्रश्न राखेका थिए ।

कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका सचिव सचिन हरिजन, विशेष पराजुली, मेघराज पाठक, राजन शर्मा, महेन्द्र आचार्य, संस्कार गौतम, गोविन्द प्रसाद कँडेल, भोलानाथ आचार्य, विरोष क्षति, अनुषा कँडेल, तेजबहादुर कुँवर, निर्मल श्रेष्ठ, थानेश्वर गौतम, टेक बहादुर आरसीले प्रश्न गरेका थिए ।

उनिहरुले कार्यक्रममा बागलुङका विद्यालयले शिक्षामा भ्रष्टाचार गरेको भन्दै अनुगमन र निरीक्षण गर्न सुझाव व्यक्त गरे । बागलुङका विद्यालयले एसईईमा चिट चोराउने र सामाजिक सञ्जालमा आफ्ना विद्यार्थीले पासभए भन्दै भर्ना अभियान चलाएकोमा प्रश्न गरेका थिए ।

विद्यालय नेताले चलाएको र जनताको विद्यालय नभएकोमा प्रश्न गरेका थिए । बागलुङमा पोके व्यापारी बढेको र नगपालिकाले नियमन र अनुगमन नगरेको लगायतका प्रश्न गरेका थिए ।

बागलुङ नगरपालिका–१ रामरेखाको पहिरोको समस्या, बानपा–१० को पहिरोको समस्या, धौलागिरी प्रादेशिक अस्पताल बालमैत्री नभएको, मझी बस्तीमा खानेपानी नभएको, बसपार्क सञ्चालनमा ढिलाई भएको, सहकारीमा नियमन नभएको लगायतका प्रश्न राखेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलद्वारा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले नगरपालिकाले गरेको कामको विषय समेटिएको प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जनताको चाहना अनुसारका विकासका काम भइरहेको बताउनुभएको छ । उहाँले नागरिकलाई नगरपालिकाको विषयमा जान्न पाउनुपर्ने भन्दै सार्वजनिक सुनुवाईलाई घुम्ती रुपमा सञ्चालनमा ल्याएको बताउनुभयो ।

नगर उपप्रमुख राजु खड्काले नगरपालिकाले योजनाको दिगोपनामा ध्यान दिएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापा, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र नगरखानेपानीका कार्यवाहक अध्यक्ष हरी बहादुर जिसीले नागरिकको प्रश्नको सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम नेपाल पत्रकर महासघ बागलुङका सदस्य प्रकाश बरालको टिप्पणी, नेपाल पत्रकार महासंघका सदस्य अर्जुन कार्कीद्वारा आचारसंहिता प्रस्तुत, सचिव नारायण रिजालद्वारा सन्तुष्टी सर्वेक्षण प्रस्तुत तथा नपाल पत्रकार महासंघका उपाध्यक्ष सृजना पन्तको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung