३ श्रावण २०८३, आईतवार

 

सामुदायिक वनमा घाँसखेती, घरघरमा बाख्रापालन

सामुदायिक वनमा घाँसखेती, गाउँघर बाख्रापालन
बागलुङ नगरपालिका–५ मालिकाका २८ जना महिला मिलेर सामुहिक रुपमा घाँसखेती थालेका छन् ।

उनिहरुले आत्मनिर्भर बागलुङ कार्यक्रम अनर्तगत बागलुङ नगरपालिकाले दिएको बाख्राका पाठी हुर्काएर व्यवसायिक बाख्रापालन गर्नका लागि उन्नत जातको घाँसखेती थालेका छन् ।

मालिकाको साँधखोला स्थित प्रगतिशिल स्वाभलम्बी महिला समूहको अगुवाईमा सामुदायिक वनको ५० रोपनी जग्गाको झाडी फाडेर घाँसखेती थालिएको हो ।

दुई वर्षदेखि बागलुङ नगरपालिकाले हेफर इन्टरनेशनलको प्राविधिक सहयोग र नेपाल गाँजा डेभलपमेन्ट फाउन्डेसनको व्यवस्थापनमा सञ्चालित आत्मनिर्भर बागलुङ कार्यक्रम अन्तर्गत बाख्रापलनका लागि घाँसको अभाव नहोस भन्नका लागि समुदायिक वनको ५० रोपनी क्षेत्रफलमा सुपर नेपियर, किम्बु र नेपियर जातको घाँसखेती गरिएको बागलुङ नगरपालिका–५ मालिकाका वडा अध्यक्ष हरी प्रसाद शर्माले जानकारी दिनुभयो ।

“महिला किसानहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेर वितरण गरिएको बाख्रालाई व्यवसायिकता दिलाउन झाडीले भरिएको वन फाडेर घाँसखेती गरिएको हो” वडा अध्यक्ष शर्माले भन्नुभयो “पाठो पैचो कार्यक्रम अन्तर्गत यस समूहका २८ जना महिला समूह मा आवद्द भएका छन्, घाँसको अभावमा बाख्रापालनमा सहयोग पु¥याउन घर नजिकै खेर गएको सामुदायिक वनलाई सदुपयोग गरिएको हो, बिउँ पूजीका लागि बाख्राका पाठा, बाख्रा भएकालाई आधुनिक खोर र उन्नतजातको आधुनिक घाँसको बिरुवा समेत वितरण गरिएको छ ।”

आत्मनिर्भर बागलुङ कार्यक्रमअन्तर्गत विकसित हुँदै गएको सामूहिक सशक्तीकरणको एउटा उदाहरण सामुहिक घाँसखेती रहेको प्रगतिशिल स्वभालम्बी महिला समूहका अध्यक्ष कोपिला किसानले बताउनुभयो ।

किसानले ५० रोपनी जग्गालाई दुई÷दुई रोपनीका दरले जग्गा वर्गिकरण गरेर घाँसखेती लगाइएको र घाँसखेतीको हेरचाह स्वयं सदस्यले गर्नुपर्ने उहाँको भनाई ।

“मालिकाको जैविक विविधता युक्त सामुदायिक वनको ५० रोपनी जग्गा स्थानीय महिला समूहले पाँच दिन लगाएर घाँस लगाउन उपयुक्त बनाइएको थियो, हेफर परियोजनाको सहयोगमा प्राप्त घाँसको बिरुवा उक्त जग्गामा लगाइएको हो” किसानले भन्नुभयो “झाडी फाडेर घाँस लगाइएपछि यहाँका महिलाहरुले राम्रो संग बाख्राका पाठा हुर्काउन सक्ने छन् ।”

बागलुङ नगरपालिकाले हेफर इन्टरनेसनलको प्राविधिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको व्यवस्थापनमा सञ्चालित यस अभियानले महिला किसानहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ ।

उपहार स्वरूप दिइएको बाख्राबाट जन्मिने पहिलो पाठी समूहकै अर्को सदस्यलाई दिने कार्यलये महिलाहरु विस्तारै बाख्रापालनतर्फ अग्रसर भएका छन् भने समूहका सबै सदस्यहरु बाख्रापालनमा लागेको किसानको भनाई छ ।

आत्मनिर्भर बागलुङ कार्यक्रम अहिले नगरपालिकाका १० वडामा सञ्चालनमा छ । उक्त कार्यक्रमले प्रगतिशिल स्वभालम्बी महिला समूह जस्ता समूहमा आबद्ध २०८ महिलाले बाख्राका पाठा, तालिम, घाँसको विरुवा र खोर सुधारमा सहयोग पाएका छन् ।

कार्यक्रम व्यवस्थापक ममिता पुनले ठीक प्रविधि, निरन्तर परामर्श र सहकार्यको माध्यमबाट महिलाहरूलाई केवल आयमुखी हैन, सामूहिक नेतृत्वतर्फ पनि उन्मुख गराउन सकिने बताउनभुयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung