म र मेरी पत्नी म्याकेन्जी आफ्ना बच्चाहरुका लागि खेलौना छान्दा आममान्छेले भन्दा फरक सोच्छौ । हामीले बच्चाहरुलाई सानैदेखि जोखिमयुक्त खेलौना खेल्न दिन्छौँ । ४ ओटै सन्तानलाई हामीले सानो उमेरदेखि धारिलो हतियासँग पनि खेल्न दिएका छौँ । विद्युतीय उपकरणलाई खेलौनाको रुपमा बच्चाहरुलाई नजिकबाट परिचित गराएका छौँ ।
छोराछोरीका कलिला हातमा डरलाग्दा वस्तुहरु किन थमाई दिएको होला रु सम्भावित खतरा सम्झेर थोरै पनि दया नआउने कस्तो बाबु रु म बारे धेरै अभिभावकको धारणा यस्तो हुन सक्छ । तर, त्यस्तो होईन मेरो उद्देश्यको यथार्थ बेग्लै छ ।
मेरा सन्तानका लागि म प्रिय बाबु हुँ । उनीहरुको भविष्यप्रतिको चिन्ताले नै मैले यस्तो काम गरेँ सानैदेखि आत्मनिर्भताको लागि यो उपाय निकालेको हुँ । म स्वयंमले पनि बाल्यकालदेखि नै जोखिमपूर्ण काम गरेको थिएँ जसको फल स्वरुप मेरो व्यापार र दैनिक जीवनमा दुबैमा गहिरो प्रभाव प¥यो ।
जोखिम र चुनौतीपूर्ण कामले सन्तानलाई उच्च मनोबल र आफ्नो समस्या आफै हल गर्ने तरिका सिकाउँछ । त्यसैले हामीले आफ्ना सन्तानलाई जीवनको ज्ञान दिन जोखिमपूर्ण प्रशिक्षण गराउँदै आएका छौँ । बच्चाहरुलाई प्रशिक्षण गराउने सवालमा म्याकेन्जीको पनि आफ्नै तर्क छ ।
‘ बरु नौवटा औँला भएको सन्तान होस, तर खुबी भएकै सन्तान हुनुपर्छ’ उनको धारणा छ । मैले सानै उमेरमा संसाधनहरुको ज्ञान प्राप्त गरि सकेको थिएँ । म ६ वर्षको हुँदा हरेक वर्ष गर्मीको छुट्टिमा ९समर भ्याकेसन० मा हजुरबासँग खेतमा जान्थेँ ।
खेतको कामको सिलसिलामा जब कृषिका औजारहरु बिग्रिन्थे, हजुरबाले मेरै सहयोगमा मर्मत गर्नुहुन्थ्यो । हजुरबासँग मिलेर ठूलो मेसिनका सामान र घरपालुवा पशुको उपचारको काम गर्थेँ । यस्ता काम गर्दा निकै आनन्द आउँथ्यो ।
एउटा गर्मीको छुट्टिमा हामीले घर समेत बानाएका थियौँ । एउटा बालकको रुपमा हजुरबाबाट पनि धेरै ज्ञान आर्जन गरेँ, आफ्ना समस्या कसरी सुल्झाउने भन्ने तरीका हजुरबाबाट सिके ।
हजुरबाले प्रमुख परियोजनाहरुमा विचार गर्ने र आवश्यक अध्ययनपछि मात्रै काम सुरु गर्ने बानी थियो । सानो उमेरमा सिकेका यी कुराहरुले व्यवसाय गर्ने बेलामा धेरै सहयोग पुग्यो । असफलतामा सम्हालिने साहस मिल्यो । अमेजन लिलामी र जेडसपमा असफलता हात लाग्दा पनि संघर्ष गरिरहेँ ।
बच्चा छँदा सिकेको शिक्षाकै कारण दोस्रो असफलतापछि पनि तेस्रो पटक सफलताको खोजी गरे र अमेजन डटकम जन्माएँ । अन्ततः सफल भएँ बाल्यकालको सिकाइ आज कम्पनीको जोखिम हल गर्न सहयोगी भएको छ । सौभाग्यवस मेरा चारै सन्तान कुशल, परिश्रमी र हातमा सबै औँला भएका छन ।
(विश्वकै सर्वाधिक धनी विल गेट्सलाई पछि पार्दै पहिलो भएका अमेजन कम्पनीका मालिक जेफ बेजोस ४ सन्तानका बाबु हुन । बेजोस र उनकी पत्नी म्याकेन्जीले एउटा सन्तान चीनबाट ल्याएर पालेका हुन । }













































































































































































































