३ श्रावण २०८३, आईतवार

 

चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको महानिरीक्षक नियुक्त

बागलुङ । सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई भदौ १९ गते देखि लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । खापुङ आफ्नो ब्याचका एक्ला एआईजी हुनुहुन्छ। अरू एआईजी उहाँभन्दा जुनियर हुनुहुन्छ ।

खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख छन् ।अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदै हुनुहुन्छ ।

उहाँ २०८१ चैत ४ मा ३१औँ प्रमुख महानिरीक्षक नियुक्त हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung