४ श्रावण २०८३, सोमबार

 

नाग्लिवाङ बहुउद्देश्यीय सहकारीको १७औँ स्थापना दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बागलुङ । पर्वतको जलजला गाउँपालिका-८ फेर्सेस्थित श्री शिव माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

जलजला गाउँपालिका-८ खनियाघाटस्थित नाग्लिवाङ बहुउद्देश्यीय सहकारीको १७औँ स्थापना दिवसको उपलक्ष्यमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा श्री शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृत सापकोटा, व्यवस्थापन समितिका सदस्य खड्कबहादुर केसी, नाग्लिवाङ बहुउद्देश्यीय सहकारीका सल्लाहकारहरु महेन्द्र रेग्मी, रुद्रबहादुर महत, समाजसेवी तुलबहादुर खत्रीले मन्तव्य व्यक्त गरको थिए ।

कार्यक्रम नाग्लिवाङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष सूर्यबहादुर महतको अध्यक्षता र कोषाध्यक्ष गोकुल कँडेलको सञ्चालनमा सम्पन्नमा सम्पन्न भएको थियो । नाग्लिवाङ बहुउद्देश्यीय सहकारीले शेयर सदस्यलाई वित्तीय सेवा पुर्याउनुका साथै मानविय, सामाजिक, शैक्षिक र जनस्वास्थ्यको क्षेत्रमा सहयोग उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung