३ श्रावण २०८३, आईतवार

 

कास्की र म्याग्दी कारागारबाट भागेका चार कैदी पक्राउ

बागलुङ । जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।

कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनीहरुलाई मालढुङ्गा चेकपोष्टबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

जिल्ला कारागार कास्कीबाट भागेका ३ जना र जिल्ला कारागार म्याग्दीबाट भागेका १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung