२ श्रावण २०८३, शनिबार

 

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख १५ हजार ८०० पुग्यो

बागलुङ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसअघि छापावाल सुनको मूल्य विहिबार तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

सोही सुन प्रति १० ग्रामकै १ लाख ८५ हजार १५ रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य मनकाजि विश्वकर्माले नयाँविश्वलाई बताउनुभयो । साथै चाँदीको मूल्य पनि बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ भएकोमा शुक्रबार बढेर तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung