बागलुङ । बागलुङमा जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू हटाइएको छ । शान्ति सुरक्षामा सुधार र वर्तमान असहज परिस्थिति सामान्यीकरण हुँदै गएकोले कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले नयाँ विश्वलाई बताउनुभयो । शनिबार विहान ६ बजेसम्म लगाइएको कर्फ्यु हटाइएको छ ।
बागलुङ बजारमा प्रदर्शनको क्रममा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यालयको फर्निचर र आगजात जलाइएको थियो ।
आन्दोलनकारी युवाहरुको प्रदर्शनले उग्र रूप लिन नपाओस र थप धनजनको क्षति नहोस भनि प्रजिअ गुरुङले बागलुङमा निषेधाज्ञा र कर्फ्यु जारी गर्नु भएको थियो ।













































































































































































































