३ श्रावण २०८३, आईतवार

 

स्थानीय प्रशासनले भन्यो : काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा र कर्फ्यु हट्यो

बागलुङ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाएको छ । शनिबारदेखि काठमाडौमा कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै सुरक्षा संवेदनशीलताको आधारमा भदौ २६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्रसम्बन्धी आदेश भने कायमै रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । साथै ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले ललितपुर र भक्तपुरमा लगाएको कर्फ्यु र निषेधाज्ञा आजदेखि हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung