बागलुङ । नाग्लिवाङ बहुउद्देश्यीय सहकारीको १७औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।शनिबार पर्वतको जलजला गाउँपालिका ८ को नाग्लिवाङ, खनियाघाट बजारमा सम्पन्न साधारण सभाको उद्घाटन संस्थाका सल्लाहकार महेन्द्र रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीका सचिव लक्ष्मी केसी जिसीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोकुल प्रसाद कँडेलले आर्थिक प्रतिवेदन र लेखा समितिको सुझाव प्रतिवेदन लेखा संयोजक अशोक रुचालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहकारीका सल्लाहकारहरु गगनबहादुर महत, रूद्र बहादुर महत, तुलबहादुर खत्री, डिल्ली रेग्मी, जलजला गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष विकास जिसी र सेयर सदस्य शावित्री खत्रीले मन्तव्य व्यक्त गनुभएको थियो ।
कार्यक्रम नाग्लिवाङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष सूर्यबहादुर महतको अध्यक्षता, कोषाध्यक्ष गोकुल प्रसाद कँडेलले स्वागत र सचिव लक्ष्मी केसी जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
विसं २०६५ साल भाद्र ११ गते ४९ जना सेयर सदस्यहरुले सञ्चालनमा ल्याएको सहकारीको हाल सेयर सदस्य संख्या चार सय ६९ जना रहेका छन् । सहकारीको सेयर पुँजी १ करोड ९४ लाख ८० हजार पाँच सय रहेको छ । यस सहकारीले पाँच जना युवालाई रोजगारी दिएको छ ।















































































































































































































