३ श्रावण २०८३, आईतवार

 

उपभोक्ताको रोजाईमा मुस्ताङको स्याउ

बागलुङ। बागलुङ बजारमा अहिले मुस्ताङको स्याउको माग उच्च छ । दसैंमा धेरैले मुस्ताङको स्याउ मात्रै खोज्ने गरेको पाइन्छ । असोज लागेसंगै बागलुङ बजारमा मुस्ताङको स्याउ निकासी हुन थाल्छ । अहिले बागलुङ बजारका चोक–चोक र फलफुल पसलमा मुस्ताङको स्याउ देख्न पाइन्छ ।

मुस्ताङको स्याउ नभएको बागलुङको कुनै फलफूल पसल नै हुँदैन । किनभने उपभोक्ताको रोजाईमामुस्ताङकै स्याउमात्रै पर्ने गर्दछ । दसैंलाई कोसेलीका रुपमा मुस्ताङको स्याउ बढी खपथ हुने गरेको छ । मुस्ताङको स्याउ माग अनुसार नपाएको बताउदै स्याउ आउदासाथ रित्तिने गरेको गुरुप्रसाद रेग्मीले बताउनुभयो ।

“मुस्ताङमा स्याउ धमाधम विक्रि भइरहेको छ, बागलुङ मुस्ताङको स्याउ खपत हुँने जिल्लामा पर्दछ, अहिले माग अनुसारको स्याउ आएको छैन” स्याउ व्यापारी गुरुप्रसाद रेग्मीले भन्नुभयो “असोज महिना भर स्याउ विक्रिबाटै राम्रो आम्दानी गर्ने सिजन हो ।” असोज अघिसम्म भारत र चिनबाट आएको स्याउले बजार लिइरहेपनि असोज लागेपछि यहाँ मुस्ताङको मात्रै स्याउको कारोबार हुने गर्दछ ।

दशैं नजिकिदै गरेकाले स्याउको उच्च कारोबार हुने गर्दछ । छिमिकी जिल्लाको सस्तो स्याउ खानपाएपछि अन्य स्याउको चाख नहुँने उपभोक्ता राममानन्द शर्मा बताउनुहुन्छ । । “तीन सय देखि चार सय हालेर भारत र चिनको स्याउ खाइन्छ, मुस्ताङको ताजा स्याउ २०० रुपैयाँ प्रति केजी पाइन्छ, स्वादिष्ट पनि हुन्छ” शर्माले भन्नुभयो “असोज देखि कात्तिक सम्म बागलुङ बजारका फलफुल पसल मुस्ताङको स्याउमय हुन्छ ।”

दसैं तिहारको नआउदै फलफूल अर्डर गर्नेहरु समेत बाक्लै रहेको व्यवसायीहरु बताउछन् । दशैलाई मुस्ताङको स्याउ अहिलेनै अर्डर आउन थालेको फलफूल व्यापारीले बताउदै आएका छन् । चाडवाडका अवसरमा बागलुङेहरुले कोसेलीको रुपमा मुस्ताङको स्याउ आफन्तको घरमा पठाउने चलन समेत रहेकाले स्याउको कारोबार उच्च रहेको छ । मुस्ताङमा उत्पादन भएको स्याउ धौलागिरिका बागलुङ सहित म्याग्दी, पर्वत लगायतका जिल्लामा कोसेलीको रुपमा निकै प्रयोगमा आउने गरेको छ ।

बागलुङमा मुस्ताङको स्याउको कारोबार एक हप्ता यता ह्वातै बढेको छ । बागलुङ बजारमा रहेका कर्मचारी, सहरकारी जागिरे, सेना, तथा प्रहरीले समेत दसंैमा घर जाने समयमा मुस्ताङको स्याउ, आलु र बागलुङमा उत्पादन भएको भाङ्गो लैजाने गरेको पाइन्छ । मुस्ताङको स्याउ, ढोरपाटनको आलु र ताराखोलाको भाङ्गो कोसेलीका रुपमा ब्राण्ड भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung