४ श्रावण २०८३, सोमबार

 

मातृभूमि बहुउद्देश्यीय सहकारीद्वारा देउदत्त कँडेल प्रति श्रद्धाञ्जली व्यक्त

बागलुङ । मातृभूमि बहुउद्देश्यीय सहकारीले बागलुङ नगरपालिका-२ मिलिजुलि टोल निवासी देउदत्त कँडेलको स्मृतिमा विहिबार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

बागलुङ नगरपालिकाको धौलागिरि चोकमा सञ्चालनमा रहेको मातृभूमि बहुउद्देश्यीय सहकारीका सेयर सदस्य श्रीधर कँडेलका बुबा एवंम संस्थाका शुभचिन्तक छोराहरु गोविन्द प्रसाद कँडेल, त्रिलोचन कँडेल, लक्ष्मी प्रसाद कँडेल, एकराज कँडेल, डिलाराम कँडेलका बुबा, बुहारीहरु यम कुमारी कँडेल, दुर्गा देवी कँडेल, गोरी देवी कँडेल, सरस्वती कँडेल, विष्णुमाया कँडेल, कोपिला कँडेलको ससुरा र छोरीहरु पार्वती सापकोटा, , रत्न कुमारी सापकोटा, लक्ष्मी आचार्यको बुबा देउदत्त कँडेल प्रति मातृभूमि बहुउद्देश्यीय सहकारीका अध्यक्ष गुणराज पौड्यालले भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

कँडेलको ९४ वर्षको उमेरमा गत असोज २५ गते देहावसान भएको थियो ।श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट छोरा श्रीधर कँडेलले धन्यवाद व्यक्त गर्नु भएको थियो ।कार्यक्रमको सञ्चालन मातृभूमि बहुउद्देश्यीय सहकारीका सचिव रामप्रसाद शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung