२० जेष्ठ २०८३, बुधबार

 

जनहित माविमा अभिभावकसँग अन्तरक्रिया

बागलुङ । गलकोट नगरपालिका-७ मल्मस्थित जनहित माध्यमिक विद्यालय अभिभावकबिच अन्तरक्रिया सम्पन्न भएको छ ।

कक्षा ८ का विद्यार्थीका अभिभावकसँग अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा शैक्षिक गुणस्तर वृद्धिका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

विद्यार्थी र अभिभावकको सल्लाह र सुझाव अनुसार शैक्षिक सुधार र सिकाई उपलब्धीलाई अझ प्रभावकारी बनाउन विद्यालय प्रशासनले थप प्रयास र कोशिस गर्ने प्रधानाध्यापक बुद्विप्रसाद गौतमले बताउनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षता र प्रधानाध्यापक बुद्विप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै कार्यक्रमको अवसरमा बागलुङ सेवा समाज क्यानडाको सहयोग र सहजिकरणमा कक्षा ३ देखि १० सम्म अध्ययनरत जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति वितरण कार्यक्रम अन्तर्गत कक्षा ८ का विद्यार्थी मौसमी खत्रीलाई नगद रु ९ हजार प्रदान गरिएको विद्यालयका सूचना अधिकारी कोपिला कार्की थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung