बागलुङ । विसं १९९७ सालमा स्थापना भएको विद्यामन्दिर माध्यमिक विद्यालयका आवधिक परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।
विद्यालयको बालविकासदेखि कक्षा १० सम्मको दोस्रो आवधिक परीक्षा र कक्षा ११ र १२ को विज्ञान समूह, व्यवस्थापन समूह र शिक्षा समूहको प्रथम आवधिक परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
विद्यालयको शैक्षिक सुधार गर्न र विद्यार्थीको सिकाई उपलब्धीलाई अझ प्रभावकारी बनाउन विद्यालय प्रशासनले थप प्रयास र कोशिस गरि रहेको प्रधानाध्यापक छवि रमण रेग्मीले बताउनुभयो ।
कार्यक्रम विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीको अध्यक्षता र कक्षा १० सम्मको परीक्षा सञ्चालक समितिका संयोजक शिक्षक राजेश श्रेष्ठ र कक्षा ११ र १२ तर्फ परीक्षा सञ्चालक समितिका संयोजक शिक्षक शंकर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
शिक्षासेवी ओमप्रसाद गौचन र मेघ कुमार वैद्यले विसं १९९७ सालमा विद्यामन्दिर माध्यमिक विद्यालय (घरेलु उद्योग विद्यामन्दिर) स्थापना भएको गर्नु भएको थियो । सुरुमा यो विद्यालय १९९५ सालमा राधाकृष्ण मन्दिरको पौवामा सञ्चालनमा आएको थियो । सुरुमा यो विद्यालय भाषा पाठशालाको रुपमा सुरु भएको थियो ।त्यति बेला राणा प्रधानमन्त्री देव शमशेरले देशभरी तीन सय वटा भाषा पाठशाला स्थापना गरेका थिए ।





















































































































































































































