बागलुङ । बागलुङ नगरपालिका-१ रामरेखास्थित न्यू एभरेष्ट एकेडेमीले दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
त्रैमासिक परीक्षामा प्ले ग्रुपदेखि कक्षा ३ सम्म सबै विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ भने कक्षा ४ देखि कक्षा दशसम्म प्रथम, द्धितीय र तृतीय हुने उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको न्यू एभरेष्ट एकेडेमीका प्रधानाध्यापक कृष्ण अधिकारीले नयाँविश्वलाई बताउनुभयो ।
विद्यालयले शैक्षिक सुधार र विद्यार्थीको सिकाई उपलब्धीलाई अझ प्रभावकारी बनाउन भौतिक पूर्वाधारमा लगानी गर्नुका साथै विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।
यस विद्यालयमा सृजनात्मक र मनोवैज्ञानिक ढंगले अध्यापन हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।




















































































































































































































