६ कार्तिक २०८३, बिहीबार

 

जनहित मावि व्यवस्थापन समितिको बैठकको निर्णय : प्रभावकारी सिकाइमा लगानी गर्ने

बागलुङ । गलकोट नगरपालिका ७ मल्मस्थित जनहित माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ ।

बैठकमा विद्यालयको समग्र सुधार, शैक्षिक गुणस्तर, विद्यार्थीको भलाइ, आगामी योजनाहरूको बारेमा समीक्षा गरिएको थियो । त्यस्तै बैठकले विद्यालय सञ्चालनमा देखिएका चुनौतीहरू, आवश्यक सुधारहरू र आगामी योजनाहरूको बारेमा बिस्तृत छलफल गर्नुका साथै आर्थिक वर्ष २०८१ ८२ को आर्थिक प्रतिवेदन पनि पारित गरेको थियो ।

त्यस्तै विद्यालय प्रशासनले बैठकको निर्णयहरूलाई तत्काल कार्यान्वयन गर्ने, भविष्यमा विद्यालयका सबै गतिविधि अझ व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन आवश्यक कदमहरू चाल्ने र विद्यार्थीको सिकाई उपलब्धीमा ध्यान केन्द्रीत गर्ने विद्यालयका प्रधानाध्यापक बुद्धि प्रसाद गौतमले बताउनुभयो ।

बैठक विद्यालय व्यस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षता र प्रधानाध्यापक बुद्धि प्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung